नियम १९
बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिनु पर्नेm ऐनको दफा ३० को उपदफा
(१) बमोजिम बिमा अभिकर्ताको रूपमा काम गर्न चाहने नियम २१ मा उल्लिखित योग्यता पुगेको व्यक्ति वा त्यस्तो योग्यता पुगेको कुनै व्यक्ति संचालक रहेको संगठित संस्थाले सम्बन्धित बिमकको सिफारिशसहित अनुसूची–७ बमोजिमको ढाँचामा बिमा अभिकर्ताको इजाजतपत्रको लागि समितिको कार्यालयमा निवेदन दिनुपर्नेछ ।